सर्लाही । बाटो बनाउने विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ ।
शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा विषयमा विाद भएको थियो । शनिबार दुई पक्षबीचको विवादमा जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको थियो ।
उनको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । साहलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
घटनापछि प्रहरीले भीडलाई तितरवितर पारी स्थिति नियन्त्रणमा लिएको छ । बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद भएको हो ।
सांसद साह पक्षले बाटो कायम हुनुपर्ने जनाएको थियो । त्यसक्रममा ढुंगा हानाहान हुँदा ढुंगाले सांसद साहको टाउकोमा लागेको प्रहरीले जनाएको छ ।


