ट्रकमा गाँजा ओसार-पसार चार जना पक्राउ

मकवानपुर । मकवानपुरको मनहरीबाट लागूऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका वडा नम्बर–६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४४०९ नम्बरको ट्रकबाट ४२ किलो लागूऔषध गाँजा प्रहरी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो ट्रकबाट उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएपछि एक महिलासहित ३ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।


पक्राउ पर्नेमा उक्त ट्रकका चालक मनहरी–६ बस्ने वर्ष ३१ को इश्वर पाठक, सहचालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ बस्ने वर्ष २२ को सागर थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर–१२ बस्ने वर्ष ६० को राजेशप्रसाद रौनियार र सोही स्थान बस्ने वर्ष ४० की रेश्मा भर रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

उनीहरुले उक्त स्थानमा सो ट्रक रोकी चेकजाँच गर्दा चालक बस्ने सिट पछाडी लागूऔषध गाँजा लुकाई ल्याएका थिए । प्रहरीले उक्त लागुऔषध गाँजा, ट्रक र ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि बढाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..