युक्रेनमाथि पहिलो चरणको आक्रमण सकिएको रुसको घोषणा

एजेन्सी । रूसले युक्रेनविरुद्ध जारी आक्रमणको पहिलो चरण समाप्त भएको घोषणा गरेको छ । फेब्रुअरी २४ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण गरेको रूसले एक महिनापछि पहिलो चरणको आक्रमण समाप्त भएको घोषणा गरेको हो । 

रुसले अबको आक्रमण युक्रेनको पूर्वी डोनबास क्षेत्र केन्द्रित आक्रमण हुने बताएको छ । रुसले युक्रेनको सैन्य शक्ति धेरै कमजोर भइसकेको पनि दाबी गरेको छ । 

रूसी सैनिक अहिले पनि किभ, खर्किभलगायतका शहर बाहिर घेरा हालेर बसेका छन । पहिलो चरण भनिएको समयमा रूसले युक्रेनका निक्कै महत्वपूर्ण शहरमाथि आक्रमण गरेर ठुलो जनधनको क्षति गराएको छ । 

आक्रमणमा सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् । राजधानी किभसहित, मारियोपोल, खार्किभलगायतका महत्वपूर्ण सहरमा शक्तिशाली बम खसालेका कारण थुप्रै संरचना ध्वस्त भएका छन् । 

राजधानी किभसहित रणनीतिक शहरमा रूसले घेराबन्दी जारी राखेको छ । आक्रमणमा रुसका हजारौं सैनिकको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..