‘गठबन्धन आवश्यक छ’

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनको विषयमा चर्को वहस भएको छ । बैठकमा अधिकांश नेता स्थानीय तहको आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा देखिएका थिए । अधिकांश नेता÷कार्यकर्ता आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा छन् ।

यद्दपि, कांग्रेस सभापति शेरबहादुर देउवाले भने आगामी निर्वाचनमा पनि सत्तारुढ दलहरुबीच गठबन्धन आवश्यक रहेको बताउँदै आएका छन् । यस्तै परिस्थितिबीच भएको केन्द्रीय समिति बैठकमा पनि यो विषयले चर्को रुप लिएको छ । थुप्रै सदस्य चुनावी गठबन्धनको विपक्षमा देखिए पनि प्रधानमन्त्री देउवा भने गठबन्धनका विषयमा झनै प्रष्ट रुपमा उभिएका छन् ।

उनले बैठकमा पार्टी आगामी चुनावमा पनि गठबन्धन गरेरै अगाडी वढ्ने जानकारी गराए । उनले आगामी निर्वाचनमा कांग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको बताए । ‘गठबन्धन विना काग्रेसलाई पनि गाह्रो छ’, उनले भने ।

खासगरी चितवनका नेता÷कार्यकर्ताले आगामी निर्वाचनमा गठबन्धनको चर्को विरोध गर्दै आएका छन् । उनीहरु गठबन्धनको नाममा कांग्रेसले चितवन माओवादीलाई छाड्नसक्नेमा बढी नै सशंकित देखिएका छन् । देउवाले भने गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने दाबी गरेका छन् ।

बैठकमा सातवटै प्रदेशका पार्टी सभापतिले गठबन्धनको विपक्षमा मत ब्यक्त गरेका थिए । तर, सभापति देउवा भने उनीहरुको धारणाप्रति सन्तुष्ट देखिएनन् । ‘चितवनमा कांग्रेसले कहिल्यै चुनाव जितेको इतिहास छैन । जहिले पनि हारेको हारेको छ । कहिले जित्दैन पनि,’ देउवाले भनेका छन् । देउवाले नेकपा एमालेलाई हराउन पनि गठबन्धन आवश्यक रहेको धारणा ब्यक्त गरे ।

उनले चितवनमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने नेता कार्यकर्तालाई जितको आधार के हो ? भन्ने प्रश्न पनि गरे । ‘चितवनमा चुनाव नजिते के गर्नुहुन्छ ?’ उनले प्रश्न गरे । कांग्रेसकै केन्द्रीय सदस्य रहेका चितवनकै नेता दिनेश कोइरालाले कम्युनिष्ट फुटेका बेला पनि कांग्रेसले जित्दैन भनेर हिनता देखाउन नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..