शोभाकान्त पौडेललाई ६ महिनामौ किन हटाए अर्थमन्त्री शर्माले

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहसचिव शोभाकान्त पौडेललाई ६ महिनामै आन्तरिक राजस्व विभागको महानिर्देशकबाट किन हटाए ? आवरणमा उनलाई कर असुली प्रभावकारी रुपमा गर्न नसकेको आरोपमा हटाइएको तर्क मन्त्री शर्माले पेश गर्दैआएका छन् ।

तर भित्री कारण भने बिचौलियाको चाहनामा वीमा समितिबाट थप दुई पुनर्वीमा कम्पनी दर्ता गर्ने प्रतिबद्धता गरे पनि कार्यान्वयन गर्न नसकेको बिषय पनि उनलाई ६ महिनामै हटाइएको एउटा मुख्य कारण भएको अर्थमन्त्रालयका एक अधिकारी बताउँछन् । २०७८ भदौ ३ गते आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त भएका पौडेललाई २०७८ फागुन १ मा मन्त्री शर्माले अर्थमन्त्रालयबाटै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिदिएका थिए ।

भन्सार विभागका महानिर्देशक हुनुपर्ने वीमा समितिको बोर्ड सदस्यमा बिचौलिया दीपक भट्टले पौडेललाई बनाए । भट्टले नै अर्थमन्त्री शर्मालाई भनेर पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका थिए । तर विभागको महानिर्देशक भएपछि भट्टले लगाएका काम पनि पौडेलले गर्न नसकेपछि उनलाई हटाउन मन्त्री शर्मालाई भट्टले नै लगाएका थिए ।


ब्यापारी र मिडिया मालिकका बीचमा सूचना आदान प्रदान गर्ने काम गरेर टिक्ने दाउमा रहेका उनले वीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई घुमाएर काम गराउने ठेक्का महानिर्देशक हुने बेलामा लिए । तर बोले अनुसार काम गर्न सकेनन् ।


पौडेलले सबैलाई आफ्नो बनाउनखोज्दा कोहीलाई पनि बनाउन सकेनन् । उनले आफूलाई महानिर्देशक बनाउने भट्टको योजना पनि काम गर्न सकेनन् । उनको दिनचर्या बिहान र बेलुका नै मिडिया मालिकलाई भेट्ने थियो । बिहान कान्तिपुरका कैलाश सिरोहिया र अन्नपूर्ण पोष्टका संचालक रामेश्वर थापासँग भेट्ने र बेलुका दीपक मल्होत्रा र दीपक भट्टलाई भेट्ने पौडेलको दिनचर्या थियो । सबैतिर मिलाउन खोज्दा उनी कसैको हुन सकेनन् ।


महानिर्देशकबाट ६ महिनामै अक्षमताको आरोपमा हटाएपछि पौडेल पछिल्ला दिनमा अर्थमन्त्री शर्मा जेल जान्छन् भन्दै उनको चर्को बिरोध गर्ने गर्दछन् । शर्मालाई जेल जान्छन् भन्ने पौडेल अकूत सम्पत्ति आर्जन गर्ने नेपालका उच्चपदस्थ कर्मचारीमा पौडेल पनि १० जनाभित्रै पर्दछन् । अकूत सम्पत्तिमा छानबिन गर्ने हो भने एनसेल लाभकर छलीमा चुडामणि शर्माजत्तिकै लाभ लिने पौडेल पनि हुन् । तर उनीमाथि अख्तियारले अहिलेसम्म अकूत सम्पत्तिमा छानबिन गर्न सकेको छैन ।


आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा र शोभाकान्त पौडेलले नै एनसेलको पूँजीगत लाभकर नतिरी टेलियासोनेराका तीन कर्मचारीलाई भगाउने काम गरेका थिए । एनसेलसँग करोडौं घुस लिएर लाभकर नतिरी उन्मुक्ति दिने मुख्य योजनाकार नै शर्मा र पौडेल हुन् । शर्मा आन्तरिक राजस्व विभागका महानिर्देशक थिए भने पौडेल ठूला करदाता कार्यालयका प्रमुख थिए ।


आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा र ठूला करदाता कार्यालयका तत्कालीन प्रमुख शोभाकान्त पौडेलले टेलियासोनेरालाई एनसेलको लाभकर छली गर्न सघाएका थिए । लाभकर नतिरी एजियटालाई एनसेल बिक्री गरी टेलियासोनेराका तीन कर्मचारी स्थलमार्ग हुँदै भारतबाट टर्किस गएका थिए ।


एनसेलका तत्कालीन कार्यकारी प्रमुख एरिम टाईलानलर, फाइनान्स निर्देशक कारोलिना बुगैअन र टेक्निकल बिभागका उपनिर्देशक नेस्रिन सेर्मिन २०७३ बैशाख तेस्रो साता नेपालबाट आफ्नो सम्पूर्ण सरसामग्री लिएर स्थलमार्ग हुँदै भारतबाट टर्किस पुगेका थिए ।


यी तीनै टेलियासोनेराका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ पर्नसक्ने भएकाले स्थलमार्गबाट भागाउने योजनाकार चुडामणि शर्मा र शोभाकान्त पौडेल नै थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..