लागुऔषध सहित आमा छोरा पक्राउ


झापा । झापाको मेचिनगर नगरपालिका-१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन ।

हिजो बेलुका ८ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवायल ९ थान बरामद गरेको हो ।

प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..