स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : प्रम देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ-आफ्नाे क्षेत्रबाट सहयोग पुर्याउनु आवश्यक रहेको बताएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा निर्माण हुन लागेको प्रशासनिक कार्यालय भवनको सोमबार शिलान्यास गर्दै उनले निर्वाचन टाल्ने सरकारको कुनै मनसाय नरहेको प्रष्ट पारे । मुलुक स्थानीय निर्वाचनको संघारमा रहेकाले निर्वाचन सफल बनाउने दायित्व सबैको रहेको उनले बताए ।


प्रधानमन्त्री देउवाले निर्वाचन गर्ने काम निर्वाचन आयोगको भएकाले निर्वाचनका गराउन सरकारले पुरापुर सहयोग गरेकाले समयमा निर्वाचन गराउन निर्वाचन आयोगसमेत कटिवद्ध रहेको बताए । उनले निर्वाचनमा ढिलासुस्ती नहुने र निर्वाचनको मिति सार्ने सरकारको मनसाय नरहेको प्रष्ट पारे । उनले जति धेरै मेडिकल कलेज बन्न सको त्यतिधेरै देशलाई फाइदा पुग्ने भन्दै सुन्दर हरँैचा नगरपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेजमा रूपान्तरण गर्न सरकारको सहयोग रहने बताए ।

प्रधानमन्त्री देउवाले मोरङको लेटाङमा आइतबार राती महिला प्रहरीमाथि सांघात्मक आक्रमण गरेर हत्या भएको कुरा आफूले जानकारी पाएको भन्दै त्यस विषयमा सरकारले आवश्यक छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने बताए । प्रधानमन्त्री देउवाले संघीय शासन प्रणाली लागू भएसँगै स्थानीय तहलाई विकास निर्माणको मूल प्रवाहमा अघि बढाउन संविधानले विभिन्न अधिकार दिएको उल्लेख गर्दै स्थानीय तहहरूले पनि पारदर्शी रूपमा सेवा प्रवाह गरेर जनताको मन जित्ने काम गर्नुपर्ने बताए ।

सो कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सांसद भानुभक्त ढकाल, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, गोपी आछामी तथा सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङले सो क्षेत्रको विकासमा जोड दिएका थिए । ४ बिघा ८ कठा जग्गामा करिब २७ करोड रुपैयाँको लागतमा प्रशासनिक भवन निर्माण हुने सो नगरपालिकाले जनाएको छ । यसअघि प्रधानमन्त्री देउवाले सुन्दर हरँैचा नगरपालिका–१ मा रहेको नगर अस्पतालको उद्घाटनसमेत गरे । १० कठ्ठा जग्गामा रहेको सो अस्पताल ३५ बेडको रहेको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले अस्पतालका लागि जग्गा दिनुहुने जग्गा दातालाई सम्मानसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..