भन्सार छलीका हार्डवेयर तथा खुद्रा सामाग्री बरामद


वीरगञ्ज । वीरगञ्जको घण्टाघरस्थित सडकखण्डबाट जिल्ला प्रहरी कार्यालय पर्साले ४० लाख मूल्य बराबरको हार्डवेयर तथा खुद्रा सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रज्ञापन पत्र बिनाको हार्डवेयर तथा खुद्रा सामाग्री लोड गरी जनकपुर तर्फ ट्रक जाँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ना ३ ख ४३५९ नम्बरको मालबाहक ट्रकलाई रोकेर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा ट्रकमा प्रज्ञापन पत्र बिनाको सामग्री लोड रहेको पाएपछि चलाक र ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नियन्त्रित ट्रकले भन्सार छलेर ल्याएको हार्डवेयर र खुद्रा सामाग्रीको ४० लाख रुपैयाँ मूल्यांकन गरिएको हो ।बरामद सामाग्रीलाई ट्रकसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..