कुटपिट गरेको अभियागमा तीन जना पक्राउ


काठमाडौं । फागु पूर्णिमाको दिन सार्वजनिक स्थानमा झगडा गरेको अभियागमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२१, लगन घर भएका अनिज नेपाली, सुमन नेपाली र एक जना १६ वर्षीय नाबालक छन् ।

गत बिहीबार होलीका वेला किशोरकिशोरीबीच भएको झगडाको विषयलाई लिएर शुक्रबार कोहिटीमा गएर दुईजनालाई कुटपिट गरेको महानगरीय प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।उनका अनुसार पक्राउ परेकाहरुले नाइन स्टिक (दुईतिर काठ र बीचमा सिक्री भएको सामाग्री) ले प्रहार गरेर १८ वर्षीय साजन लामा र अर्का एकजनालाई घाइते बनाएका थिए ।

घटनालगत्तै स्थानीयले प्रहरी कन्ट्रोल १०० मा खबर गरेका थिए । त्यसक्रममा प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूअारटी) पुगेको थियो । त्यतिवेला प्रहरीसँग पनि सामान्य घम्साघम्सी भएको थियो । तर झगडा गर्नेहरु पक्राउ परेका थिएनन्, प्रहरीले दुई जना पीडितलाई उद्दार गरेर ट्रमा सेन्टर पुर्‍याएको एसपी मैनाली बताउँछन् ।

महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी डिलबहादुर मल्लका अनुसार फागु पूर्णिमाको दिन कोहिटीका व्यक्तिहरुले लगनका केही व्यक्तिलाई खुकुरी प्रहार गरेका थिए । त्यसको प्रतिशोधमा अर्को दिन लगनमा गएर त्यहाँका व्यक्तिहरुले कुटपिट गरेको मल्लले बताए ।‘खुकुरी प्रहार गर्ने व्यक्तिलाई पहिल्यै कालिमाटी प्रहरीले पक्राउ गरिसकेको थियो’ उनले भने, ‘तर मुख्य व्यक्ति अझै पक्राउ नपरेको भन्दै उनीहरु आफैं कुटपिट गर्न गएका रहेछन् ।’

पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न मुलुकी अपराध संहिता, २०७४ को अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिन म्याद थप गरिएको एसपी मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..