पैदलयात्री मारिएको घटनामा चालकलाई ६ महिना कैद


काठमाडौं । मदिरा सेवन गरेर हाँकेको कारको ठक्करबाट ज्यान गएको एउटा घटनामा काठमाडौ जिल्ला अदालतले आरोपितलाई ६ महिना कैद र १० हजार जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले आंशिक दावी पुग्ने भनी फैसला गरेको हो ।


मादक पदार्थ सेवन गरी पृथ्वी मल्लले हाँकेको कारको ठक्करबाट मंसिर २०७६ मा बुढानीलकण्ठमा लिला देवकोटाको मृत्यु भएको थियो ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मल्लमाथि १० वर्ष कैद र जरिवानाको मागदावी गरेको थियो । तर न्यायाधीश अधिकारीको इजलासले राय किताबमा लापरबाहीपूर्वक सवारी चलाएको आरोप आंशिक रुपमा मात्रै पुष्टि हुने भनी फैसला गरेको हो । फैसलाको पूर्णपाठ भने तयार भएको छैन ।


मल्लले मदिरा सेवन गरी चलाएको गाडीले पैदलयात्री देवकोटालाई ठक्कर दिएको थियो ।यो घटनापछि मल्लमाथि सवारी ज्यान मुद्दा चलेको थियो । जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएका मल्ल ३१ असार २०७७ मा सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको इजलासले पाँच लाख धरौटीमा थुनामुक्त गर्ने आदेश दिएपछि छुटेका थिए ।


आरोपित पृथ्वी मल्ल सवारी दुर्घटना हुनुभन्दा एक साताअघि २३ मंसिर ०७६ मा विदाका क्रममा अमेरिकाबाट नेपाल आएका थिए । २७ गते उनले चलाएको कारले विजुलीको पोल र देवकोटालाई ठक्कर दिएको हो । उनको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।


मल्लले गाडी चलाएका बेला उनीसँग नेपाली सवारी चालक अनुमतिपत्र समेत थिएन । स्वास्थ्य परिक्षणका क्रममा उनले मदिरा सेवन गरी सवारीसाधन चलाएको पुष्टि भएको थियो ।सवारीसाधन अनियन्त्रित अवस्थामा रहेको, तीब्र गतिमा कुदाइएको र सोही रफ्तारको कारण व्यक्तिको ज्यान गएको भनी जिल्ला सरकारी वकिल कार्यालयले मल्लविरुद्ध कडा सजायको माग गरेको थियो ।


घटनामा संलग्न मल्लले ब्रेक नलागेको र स्टेरिङ फेल भएको दावी गरेपनि घटनापछि गाडीको यान्त्रिक प्रतिवेदन अनुसार, ब्रेकले काम गरेको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..