निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्नेबारे एमालेमा दुई धार

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा वाम तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा एमालेभित्र दुई धार देखिएको छ। स्थानीय तहको निर्वाचन लक्षित केन्द्रीय तहका बैठकमा वाम तालमेल वा स्थानीय तहको अनुकूलतामा तालमेल भन्नेबारे दुई धार देखिएको हो।

सोमबार बसेको पोलिटब्युरो बैठकमा बोल्ने अधिकांश नेताले सत्ताधारी गठबन्धनलाई पराजित गर्न स्थानीय तहमै तालमेल गर्न छुट दिनुपर्ने आवाज उठाए। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालमा वाम पार्टी नै नभएको भन्दै तालमेल हुन नसक्ने बताए। पोलिटब्युरो बैठकमा सहभागी नेताहरूले स्थानीय तहको निर्वाचन एमालेविरुद्ध घेराबन्दी भएकै कारण तालमेलको ढोका खुला राख्नुपर्ने बताएपछि ओलीले गठबन्धन वा तालमेल नहुने संकेत गरेका हुन्। ओलीले एमाले सरकार ढाल्ने कुनै पनि तत्वसँग तालमेल नहुने बताएका थिए।

उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) को नाम नलिई सो पार्टीलाई गठबन्धनमा सहभागी नगराउने संकेत पनि गरे। उनले एमालेबाट ढोका फोरेर, सिसा फुटाएर बाहिर जानेलाई चुकुल नखोल्ने भन्दै त्यस्तो संकेत गरेका हुन्।

पार्टीको पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू दुई धारमा विभाजित भएका थिए। बैठकमा घनश्याम भुसाल, रघुजी पन्त र ठाकुर गैरेले स्थानीय तहमा तालमेल गरेर जानुपर्ने सुझाएका थिए। तर महेश बस्नेत र हिक्मत कार्कीले वाम तालमेल गरेर अलमल्याउने काम गर्न नहुने बताएका थिए। उनीहरूले एमालेलाई सिध्याउन लाग्नेहरूसँग तालमेल नहुनेमा जोड दिए। ओलीनिकट नेता कर्ण थापाले पनि भुसाल, पन्त र गैरेको भनाइलाई खण्डन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..