देशले विकल्प खोजेको छ : लिङ्देन

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा देशले परिवर्तनसँगै विकल्प खोजेको बताएका छन् ।

राप्रपा चाँगुनारायण–८ वडा समितिले आज सुडालस्थित मिश्रिकोटारमा आयोजना गरेको आमसभामा उनले जनताले देश हाँक्ने दल र नेतृत्वको विकल्प खोजेको बताए।

उनले भने, ‘देश चलाइरहेका र चलाइसकेका दलहरुबाट जनताले आशा र भरोसा पाउन सकेनन्, त्यसैले जनताले विकल्प खोजेका छन्, जनताले चाहेको विकल्प राप्रपा नै हो, अबको निर्वाचनमा राप्रपा शक्तिशाली पार्टीका रूपमा उदाउने छ, त्यसका लागि तपाईं सबै नेता कार्यकर्ता जनताको घरघरमा जानुस् ।’

कांग्रेस र कम्युनिष्टले जनताको भावनानुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले जनतालाई परिवर्तनको आभाष दिन र विकास गर्न राप्रपालाई जनताले विश्वास गर्ने दाबी गरे। कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसवादी दलबाट देशको स्थिरता, विकास र समृद्धि नआउने भन्दै अध्यक्ष लिङ्देनले लामो समय देशको नेतृत्व गरिरहेका दलको गलत नीतिका कारण देशले निकास नपाएको बताए।

आमसभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री रवीन्द्रप्रताप शाह, प्रवक्ता सगुनसुन्दर लावती, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवं नायिका रेखा थापालगायतले अबको स्थानीय तहदेखि प्रदेश र संसदीय निर्वाचनमा राप्रपालाई जनताले खोजेको विकल्पसहितको शक्तिशाली पार्टी बनाउन सबैलाई लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..