आयोगमा ५८ दलले बुझाए विवरण

काठमाडाैं । निर्वाचन आयोगले सक्रिय रहेको जिल्लामा दलको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेपछि ५८ वटा राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण पेस गरेका छन्। सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय मान्यताप्राप्त बाहेकका ५८ वटा साना दलले जिल्ला समितिको विवरण पेस गरेको जानकारी गराएका थिए।

आयोगले स्थानीय तह निर्वाचनमा ७३ राजनीतिक दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न प्रदान गर्ने सम्बन्धमा जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण चैत ६ भित्र पेस गर्न पत्राचार गरेको थियो।

आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहाल रहेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधान कानुनी रूपमा समेत उचित रहेको जनाउँदै प्रवक्ता पौडेलले भने, ‘निर्वाचन आयोग संविधानबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयमुक्त वातावरणमा सञ्चालन गर्ने मूल दायित्व भएको संस्था हो। निर्वाचनमा उम्मेदवारहरूलाई बराबरको मैदान उपलब्ध गराउन सो प्रावधान राखिएको हो।’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..