लोकतान्त्रिक शक्तिबीच निर्वाचनमा तालमेल हुनसक्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधानको रक्षाका साथै लोकतान्त्रिक मूल्य र मान्यता संरक्षणका लागि क्रियाशील शक्तिबीच निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आसन्न निर्वाचनमा जनताले प्रतिगामी चरित्रलाई परास्त गरी परिवर्तनका वाहक शक्तिलाई विजय गराउने बताए ।

आफूहरु देश र जनतालाई केन्द्रविन्दुमा राखेर राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको बताउँदै उनले भने, “एमाले नेतृत्वले विगतमा गरेको प्रतिनिधिसभाको विघटनलगायत असंवैधानिक कार्यले उनीहरु परिवर्तनको वाहक होइनन, प्रतिगामी चरित्रका नमूना हुन् ।”

एमाले नेतृत्वको गल्ती स्वीकार गर्न नसक्ने प्रवृत्तिले सो दलका नेताहरुको अधोगति सुरु भएको उनको भनाइ थियो । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले एकीकृत समाजवादी देशव्यापी रूपमा फैलिएको प्रष्ट पार्दै जनताले उक्त पार्टीबाट ठूलो अपेक्षा गरेको बताए ।

जनताको आशामा इमानदारी, निष्ठा र समर्पणको भावनाले अगाडि बढ्न नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे । कार्यक्रममा दोलखा विगु गाउँपालिका–६ र ७ का ६० भन्दा बढी युवा एमाले र माओवादी केन्द्र परित्याग गरी पार्टी प्रवेश गरेका थिए ।

नवप्रवेशीलाई अध्यक्ष नेपाल र पार्टीका उपमहसचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..