बागबजारमा कुटेर एक युवकको हत्या

काठमाडौं । काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको हत्या गरिएको छ । चैत ३ मा ५–६ जनाको समुहले कुटेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरेका हुन् ।

सार्वजनिक शौचालयमा पैसा उठाउने रोशन र अर्को एकजना युवकको बिचमा शुरुमा झगडा भएको थियो । झगडा गर्ने युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुनेगरी कुटेका थिए ।


उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिए । हत्यामा संलग्न युवकहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..