पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा महिला पक्राउ


चितवन । पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् ।

उनले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ । नायिका थापाको उजुरीका आधारमा शर्मिला पक्राउ परेकी हुन् ।


सामाजिक अभियन्ता बताउने वाइबाले सो प्रकरणमा जोडेर नायिका थापाविरुद्ध अन्तरवार्ता दिएको भिडियो सार्वजनकि भएको थियो । यसअघि पनि पल शाह प्रकरणसँग जोडेर नायिका रेखा थापाविरुद्ध बोलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..