अर्थमन्त्री शर्माले दिए घर-घरमा लुकाएको पैसा निकाल्ने चेतावनी

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मा नागरिक लगानी कोषको वार्षिकोत्सवलाई सम्बोधन गर्दा कडा रुपमा प्रस्तुत भए । उनले घर घरमा शिरानीमुनी रकम लुकाएर राखेको संकेत गरे ।

कतिपय मानिसहरुले घरमै रकम लुकाएर राखेका कारण तरलता सृजना भएको उनको आशय थियो । त्यस्ता रकम खोजेर निकाल्ने चेतावनी दिए । तरलता अभाव सृजना गराउन खोजिएको बताउँदै शर्माले भने, ‘बजारबाट पैसा कहाँ हराइरहेको छ ? शिरानीमुनी र ओछ्यानमुनी बन्द रहेको त छैन भनेर खोजीमा लागेको छु ।’

शर्माले पूँजी निष्कृय भएर बसेको हुनसक्नेतर्फ समेत संकेत गरे । उनले नागरिकहरुलाई पूँजी निष्कृय नबनाउन आग्रह गरे ।

पछिल्लो समय बजारमा रकम अभाव भइरहँदा अर्थमन्त्री शर्माको भनाई सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..