फोहरबाट कवाड संकलन गरेर मन्त्रालयका सचिव सरहको कमाई, छोराछोरी हेर्ने नीजि कामदार

भरतपुर । घरबाट निस्कने फोहोर हरेक व्यक्तिका लागि समस्याका रूपमा रहेको हुन्छ । एक दिन घरबाहिर फाल्न पाइएन भने घरमै दुर्गन्ध आउँछ । अझै सडक छेउछाउ तथा नदी किनारमा जताततै फालिएका यस्ता फोहोरले दुर्गन्ध मात्रै फैलाएको छैन, वन र वन्यजन्तुमा समेत गम्भीर असर परिरहेको छ । तर यही फोहोरलाई मोहरमा परिवर्तन गर्न जान्नेका लागि राम्रो आम्दानीको स्रोत बन्ने गरेको छ ।

भरतपुर महानगर वडा नम्बर ३ मा डेरा गरी बस्ने लक्ष्मी गुरुङ गत पाँच वर्षदेखि फोहोरको डङ्गुरमा मोहर कमाउन व्यस्त छिन् । उनले आफ्नो घर खर्च चलाउन र छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन यो आम्दानीले सहज भएको प्रतिक्रिया दिन्छिन् ।

“बाहिर काम सजिलै पाइँदैन । पाइहाले पनि हामी नपढेकाले महिनाभरी ज्यालादारी गरेर १० हजारदेखि १५ हजार रुपियाँ कमाउन मुस्किल छ”, फोहोरमा कवाडी समान खोजेर बेच्दा राम्रो आम्दानी हुने तर्क गर्दै उनले भनिन्, “हामीले यहाँ (कवाड समान सङ्कलन) दिनमै तीन चार हजार रुपियाँ जम्मा गरिरहेका छौँ ।” लक्ष्मीको भनाइलाई आधार मान्दा न्यूनतम दैनिक तीन हजारको कमाइ भनेको महिनामा ९० हजारको कमाइ हो । यो रकम निजामती सेवाका सचिवको तलब भत्ताभन्दा बढी हो ।

“मैले घरमा छोराछोरी धरालो हेर्नेलाई पनि महिनामा पाँच छ हजार त तलब दिएर राखेको छु”, उनले भनिन्, “आफू बिहानै उठेर फोहोरको थुप्रोमा आउनुपर्छ । अनि घरमा भएका बच्चालाई खाना खुवाई विद्यालयसम्म लैजाने र बेलुका विद्यालयबाट ल्याएर खाजा खुवाउने धरालेको काम हुन्छ ।”

लक्ष्मीका ८ र ५ वर्षका दुई छोरा छन् । उनीहरूको बोर्डिङ स्कुलको शुल्क र घर भाडा तथा घर खर्चका लागि कुनै समस्या नभएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..