जुवा खालबाट १९ जना पक्राउ


गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ सौरपानीमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट झण्डै चार लाख नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।स्थानीय सीता कुमारी आले मगरको घरको आँगनमा जुवा खेलिरहेका उनीहरुलाई बिहीवार राति १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–५ का बुद्धि प्रसाद पोखरेल, राम प्रसाद पौडेल, होम बहादुर सार्की, कमल बहादुर सुर्खेती, रन्जन पोखरेल, सन्तमान गुरुङ, कृष्ण श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ र वडा नम्वर ७ का राम बहादुर बराम रहेका छन् ।


त्यस्तै बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर २ का फेन बहादुर घले, वडा नम्वर ३ का धन बहादुर तामाङ, बिशाल आले, वडा नम्वर ४ का बिर बहादुर गुरुङ र लाल बहादुर गुरुङ पनि पक्राउ परेको प्रहरी निरिक्षक धर्म अधिकारीले बताए ।

उनका अनुसार सिरानचोक गाउँपालिका–९ का मंगल बिक, धार्चे गाउँपालिका–४ का तिजमान गुरुङ, अजिरकोट गाउँपालिका वडा नम्वर ३ का बिष्णु अधिकारी, वडा नम्वर ४ का रत्नमान गुरुङ र वडा नम्वर ९ का सुक बहादुर घले पनि पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरु १९ देखि ७५ वर्ष उमेरसम्मका छन् ।


जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ९० हजार रकम समेत बरामद भएको छ । सट्टाबाजी गर्न नहुने कसुर अन्तरगत शुक्रबार मुद्दा दर्ता गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..