भाण्टावारी सिमानाकाबाट बेचविखनका लागि भारत युवती लैजाने पक्राउ

भाण्टावारी । सुनसरीको भाण्टावारी सिमानाकाबाट एकजना भारतिय नागरिकले एक नेपाली नागरिक महिलालाई बेचविखनका लागि भारततर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भाण्टावारी सिमानाका हुदै भारतको भिमनगर तर्फ जाने क्रममा प्रहरीले शंकास्पद अवश्थामा रहेका व्यत्तीलाई सोधपुछ गर्ने क्रममा बेचविखनका लागि महिला लैजादै गरेको फेला पारेको हो।

प्रहरीका अनुसार सिमा प्रहरी चौकी भाण्टावारीले भारत विहार राज्य सुपौल जिल्ला छिटही हनुमाननगर गोपालपुर वडा नं. ५ बस्ने वर्ष ३२ को मोहम्मद फिरोजलाई पक्राउ गरेको हो।

पक्राउ परेका मोहम्मद फिरोजले काठमाडौ शंखरापुरा नगरपालिका बडा नं. ४ लप्सेफेदी बस्ने वर्ष २० की युवतीलाई ललाई फकाई गरी भारतीय बजारमा बेचविखनका लागि सिमाक्षेत्रबाट भारततर्फ लैजादै थिए ।

प्रहरीले फिरोजलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ बमोजिम कानुनी कारवाहीका लागि सुनसरी जिल्ला अदालतबाट दिनको म्याद लिई अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार पिडित युवतीले भारतिय नागरिक फिरोज काठमाण्डौमा घर बनाउने ठेक्का लिई काम गर्ने गरेको अवश्थामा पीडितको घरपनि ठेक्कामा बनाउँदा बोलचाल, चिनजान भएपछि फकाएर भाण्टावारीसम्म ल्याएका थिए ।

पडितलाई भारतिय नागरिकले मन पराउने र विवाह गर्ने प्रस्ताव राखी विभिन्न प्रलोभन पारेर बिहेको कपडा किन्ने निहुँ बनाएर भाण्टावारीसम्म लिएर आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भान्टावारीमा ल्याएर राती नारायणी होटलमा राखी करणी समेत गरेको पीडितबाट जाहेरीमा उल्लेख भएकाले आवश्यक कानुनी प्रकृया पु¥याई जबरजस्ती करणी मुद्धामा समेत अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..