बलात्कार आरोपी एमाले नेता मोहन बानियाँ धरौटीमा छुटे


दाङ । बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता मोहन बानियाँ पाँच लाख रूपैयाँ धरौटीमा छुटेका छन्।जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

माघ १९ गते नेपालगञ्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा बानियाँविरूद्ध उजुरी परेको थियो ।

पीडित महिलाले २७ माघमा उजुरी दिएपछि फागुन १६ गते नेपालगञ्ज विमानस्थलबाट उनी पक्राउ परेका थिए ।पक्राउ परेपछि उनी प्रतिनिधिसभा सदस्य पदबाट निलम्बनमा समेत परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..