लागूऔषध नाइट्राभेट सहित दुई पक्राउ


काठमाडौं । प्रहरीले ९०० पिस (६०फाइल) लागूऔषध नाइट्राभेट १०सहित दुईजनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-१३ टंकेश्वरस्थित खडकखण्डमा महानगरीय प्रहरी वृत्त कालिमाटीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१२ टेकु बस्‍दै आएका २० वर्षीया अनिश थापा मगर र भारतको उत्तर प्रदेश महाराजगञ्‍ज बरमाभोजका १९ वर्षीय अजय गौतम रहेका छन् ।


पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..