नेकपा एमालेमा महानगर र उपमहानगरका मेयरका उम्मेदवार केन्द्रले टुंग्याउने

काठमाडौं । नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको जिम्मेवारी तोकेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले वडादेखि महानगरपालिकाको मेयरको उम्मेदवारको छनोट गर्ने जिम्मेवारी पार्टीका विभिन्न तहलाई तोकेको छ ।

प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउनेछ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।

त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार भने भने जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने र केन्द्रीय कमिटीले निर्णय गर्ने उपमहासचिव गुरुङले बताए ।

उम्मेदवार छनोटको मापदण्ड भने केन्द्रीय कमिटीको ९ र १० चैतमा बस्ने बैठकलेतय गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..