काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले ३ सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ ।
एक नेताका अनुसार बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको पार्टी हेडक्वार्टर गठन गरिएकाे हाे ।
उनका अनुसार हेडक्वार्टरले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको छ ।


