मर्यादित रुपमा होली मनाउन सिराहा प्रशासनको अनुरोध

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिराहाले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेका छ्न ।

चैत ३ र ४ गते मनाइने होली पर्वका अवसरमा देश/विदेशमा रहनुहुने सबै नेपालीलाई शुभकामना दिँदै जिल्ला प्रशासन कार्यालय सिराहाले आज एक सन्देश जारी गरी धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली पर्व मनाउन आग्रह गरेको हो ।

जिप्रका सिराहाले जारी गरेको विज्ञप्तिमा पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि प्रचलित कानून विपरीत हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेको छ । “कानून विपरीतका कार्य र असभ्य व्यवहार कोही कसैप्र्रति नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालय सिराहाले सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कोही कसैको इच्छा एवं स्वीकृति बेगर कानून विपरीतका कार्य गरेमा कारवाही गरिने उल्लेख छ ।

यसैविच होली पर्वमा इच्छा विपरित रंग दल्ने वा लोला हान्ने व्यक्तिलाई सार्वजनिक मुद्दा चलाईने प्रहरीले जनाएको छ । यस वर्षको होलीलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय सिराका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले विशेष सुरक्षा योजना समेत लागू गरेको छ ।

प्रहरीले सकेसम्म होली पर्वलाई सुन्दर अनि शान्त पर्व बनाउने प्रयास गरेको बताएको छ । प्रहरीले यदि कसैको ईच्छा विपरीत रंग लगाईएको पाइएमा तुरुन्त पक्राउ गरि हिरासत लैजाने जनाएको छ । एसपी तिमिल्सिनाका अनुसार सबैलाई पहिलो पटक सम्झाइने र दोस्रो पटक पनि सोही हर्कत दोहोर्याए सार्वजनिक मुद्दा चलाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..