ठुलो परिणामको लागुऔषध गाँजा सहित एकजना पक्राउ


मोरङ । मोरङको केरावारी गाँउपालिका-७ मुगुटोलबाट ठुलो परिणामको लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो पौने ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो ।

गाँजा बरामद भएसंगै उक्त मोटरसाईकल चालक सहिदभुमी गाँउपालिका-१ का ३१ बर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी बेलवारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..