ठेकेदार पाण्डे ठगीको आरोपमा पक्राउ

काठमाडौं । ठगी गरेको आरोपमा ठेकेदार अनुप पाण्डेय पक्राउ परेका छन् । घोराही तुलसीपुर चारलेन सडक निर्माणका क्रममा विभिन्न व्यक्तिहरुलाई आर्थिक ठगी गरेको आरोप लागेका दाङ तुलसीपुरका निर्माण व्यवसायी पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले काठमाडौंको काडाँघारीबाट घोराही–तुलसीपुर चार लेन सडकका ठेकेदार पाण्डेलाई पक्राउ गरेको हो ।सडक निर्माणका क्रममा टिप्परहरु प्रयोग गरेको र डिजेल समेत उपलब्ध गराएको रकम नदिएको भन्दै घोराहीका गेहेन्द्र बस्नेतले पाण्डे बिरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा एक साता पहिले उजुरी दर्ता गराउनुभएको थियो ।

त्यस लगत्तै प्रहरीले जिल्ला अदालत सँग पक्राउका लागि अनुमती मागेको थियो ।पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शनिबार बिहान काठमाडौको काँडाघारीबाट पक्राउ गरेको हो ।

पाण्डेले बस्नेतलाई एक करोड ४४ लाख १७ हजार ७ सय ७६ रुपैयाँ तिर्नुपर्ने उजुरीमा उल्लेख छ ।
पाण्डे तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा लिएका ठेकेदार हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..