गृहमन्त्रीलाई रुपन्देहीमा कालोझण्डा प्रदर्शन


बुटवल । गृहमन्त्री बालकृष्ण खांणलाई जनमत पार्टीका कार्यकर्ताले रुपन्देहीमा कालो झण्डा देखाएका छन् । लुम्बिनीमा अस्पताल शिलान्याश गरेर पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा रुपन्देहीको धकधई बजार नजिकै गृहमन्त्रीलाई जनमत पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउनेहरुलाई प्रहरीले रोकेको तर कसैलाई पक्राउ नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आन्दोलनका माग सम्बोधन नगरेको, स्थानीय निर्वाचनमा दलीय चुनाव चिह्नमा सिण्डिकेट लादेको लगायतका ११ बुँदे मागका विषयमा सरकारले बेवास्ता गरेको विरोधमा कालोझण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..