दायाँ बाबुराम, बायाँ बादल हुँदा सबैथोक गयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको भविष्य, विदेशी शक्ति र चुनाव केन्द्रित रहेर कार्यकर्तामाझ आफ्नो धारणा राखे ।आगामी हुने तीनै तहको चुनाव माओवादीले नजिते जनक्रान्तिका उपलब्धि खतरामा पर्ने, लोकतन्त्रले हार्ने र समग्र राष्ट्रले हार व्यहोर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरुलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ । ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धी हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

अध्यक्ष प्रचण्डले चुनावको ब्याटललाई सामान्य ढंगले नलिन पनि आग्रह गरेका छन् । माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिपरेको पनि अध्यक्ष प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले चुनावी ब्याटललाई सामान्य ढंगले नलिन पनि कार्यकर्तालाई निर्देशन दिए । ‘निर्वाचनको ब्याटललाई सामान्य रुपमा नलिनुहोला,’ अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले तत्कालीन सेनापति रुक्मांगद कटवाललाई चलाउँदा माओवादी सरकारले धेरै थोक गुमाएको पनि बताए । उनले कटवाललाई हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको पनि खुलाए ।

तीन महिने कार्यकाल सकेर बिदा हुन लागेका कटवाललाई चलाउँदा माओवादीले धेरै थोक गुमाउनुपरेको प्रचण्डको भनाइ थियो । उनका अनुसार आफू उदारवादी हुँदा सरकार र राष्ट्रपति सबै गयो । उनले भने, ‘दायाँ र बायाँ बस्नेहरु ठोक भन्छन् । म अली उदार मान्छे । दायाँ बाबुराम छन् बायाँ बादल छन् । बडो क्रान्तिकारी भएर तीन महिनापछि जान लागेको रुक्मांगद कटलाललाई हटाउँदा सरकार, राष्ट्रपति सबै गयो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..