आपतकालीन उद्धारका लागि अमेरीका र बेलायती सेनाको कमाण्डौ तैनाथ

एजेन्सी । रुससँग लगातारको युद्धका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीको सुरक्षामा खतरा रहेको महसुस गर्दै उनलाई आपतकालीन उद्धारका लागि अमेरीका र बेलायती सेनाको कमाण्डौ तैनाथ गरिएको छ ।

जेलेन्सकी यस अघि नै किभ छाडेर भागेको र उनी पोल्याण्डको दुतावासमा लुकेर बसेको युक्रेनका बिपक्षी नेताले आरोप लगाएका थिए । तर यो समाचारको स्वतन्त्र पुष्टी भएको छैन ।

जेलेन्सकीले अमेरीकी संसदहरुसँगको जुम संवादमा आफूलाई जीवित देखेको यो अन्तिम पटक हुन सक्छ भन्दै फाइटर जेट र हतियार दिन माग गरेका थिए । उनले अमेरीका र नेटोलाई युक्रेनमा नो फ्लाई जोन लागू गर्न माग गर्दै आएपनि नेटो र अमेरीकाले सो कुरा अस्वीकार गर्दै आएका छन् ।

अमेरीकी गुप्तचर एजेन्सी सिआईएले रुसी सेनाले जेलेन्सकीलाई पक्राउ गर्ने वा हत्या गर्ने संभावना रहेको भन्दै उनको उद्धार गर्ने बचन दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..