भारतीय नागरिकको हत्या आरोपमा दुईजना पक्राउ


काठमाडौं । भारतीय नागरिकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।गत २१ गते राति धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्या भएको थियो ।

प्रहरीका अनुसार भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता गत फागन २१ गते आइतबार साँझ भाइको डेराबाट निस्केका थिए । २२ गते बिहान शिवनगर–जाइ सडकखण्ड नजिकै उनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।पक्राउ पर्नेमा खप्तड छेङेदह गाउँपालिका-२ का राजेन्द्र बुढा र सोही ठेगानाका २० वर्षीय भुपेन्द्र बुढा छन् ।

प्रहरीका अनुसार गत फागुन २१ गते राति राजेन्द्रले चलाएको अटोमा पसेका मृतक र उनीहरूबीच विवाद भएपछि राति नै हत्या भएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरूले रिसको आवेगमा हत्या गरेको स्वीकारेका छन् भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..