नयाँ ‘ट्राभल एडभाइजरी’ : अब नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि नेपाल आगमन सम्बन्धी लागू गरिएका सबै प्रावधानहरु खारेज गरेर नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ । अध्यागमन विभागका अनुसार अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ ।

विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको विभागले जनाएको छ । विदेशबाट आउनेहरुका हकमा जारी गरिएका जनस्वास्थ्य सम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको पनि विभागले जनाएको छ ।

नयाँ ‘ट्राभल एडभाइजरी’मा अब अन्तर्राष्ट्रिय प्रवेश विन्दूबाट नेपाल आउँदा पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने वा पीसीआर नेगेटिभ रिपोर्ट पेस गरे पुग्ने उल्लेख छ । साथै कानूनी प्रक्रिया पूरा गरेका सबैलाई प्रवेशका लागि अनुमति दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..