काँग्रेसलाई सिंहासनमा पुर्‍याइदियौँ, अहिले हामीलाई नै हेप्न थाल्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले आफुहरुले काँग्रेसलाई सिंहासनमा पुर्यादिएको तर अहिले उनीहरुले हेप्न थालेको बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनको विषयमा नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेको हुन्।

कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ। कांग्रेसको प्रत्यक्षतर्फ हाम्रोभन्दा १० सिट कम हो। तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ। अहिले हामीलाई नै अपमान गर्ने ? यस्तो सहन सकिँदैन।’

गत शनिबार कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिँदै गठबन्धनमा सामेल रहेको माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टी चमेरो भएको टिप्पणी गरेका थिए।

प्रचण्ड र माधव नेपाललाई लक्षित गरेर उपसभापति गुरुङले भनेका थिए, ‘कांग्रेस हात्ती हो र हात्तीको ठूलो कानमा चमेरोहरू ओत लाग्न खोजेका छन्। चमेरोहरूलाई हात्तीले सहयोग गर्न सक्दैन। त्यसले हात्तीलाई दुर्गन्धित बनाउन सक्छ। हामी लम्किँदा मुसाले बाटो काट्दैमा केही हुँदैन।’

आगामी निर्वाचनमा प्रचण्ड र माधवले चार दलीय गठबन्धनलाई निरन्तरता दिन चाहेको भएपनि कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु शेखर कोइरालालगायत नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..