प्रेस स्वतन्त्रताको सम्मान गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको सम्मान गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।


बुधबार पत्रकार काठमाडौंमा नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री कार्कीले संविधानले परिकल्पना गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई मर्यादित गराउने पक्षमा सरकार रहेको भन्दै त्यसलाई अंकुश लगाउने कल्पना पनि सरकारले गर्न नसक्ने बताएका हुन् ।


सरकार दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अग्रणी देशको रुपमा प्रस्तुत हुन चाहेको उनको भनाइ छ । त्यस्तै उहाले सरकारले अनलाइन टेलिभिजनसम्बन्धी गरेको व्यवस्था पवित्र उदेश्यले ल्याइएको दाबी गर्दै यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय प्रसारण नियमावलीमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको उनले बताए । उनले व्यक्तिगत रुपमा सामााजिक सञ्जाल प्रयोग गर्नेलाई नियमावलील नछुने स्पष्ट पारे । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नियमावलीको संशोधनका केही बिषयमा महासंघले आफ्नो चासो र चिन्ता व्यक्त गरेकाले तत्काल आवश्यक सम्बोधनका लागि माग गरे ।

उनले नियमावलीका बिषयमा देखिएका अन्यौतालाई सरकारले अन्त्य गर्नुपर्ने धारणा राखे ।त्यस्तै महासंघले साना तथा स्वरोगजारमूलक सञ्चारमाध्यमलाई जोगाउनका लािग लोककल्याणकारी विज्ञापनमा ५० प्रतिशत बृद्धि गर्न आग्रह गरेको छ, भने पत्रकारको दक्षता अभिबृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रतिष्ठान तत्काल गठन गर्नका लागि पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..