पल शाहलाई हतकडी लगाएर पुर्‍याइयो सरकारी वकिलको कार्यालय

काठमाडौं । नाबालिग बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई अहिले बयानका लागि नवलपरासी पूर्वमा पुर्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय, तनहुँबाट मंगलबार बयानका लागि नवलपरासी पूर्व लगिएका अभिनेता शाहलाई बुधबार म्याद थप गर्न जिल्ला अदालतबाट बयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।


प्रहरीले अभिनेता पललाई हातमा हतकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँपछि गैंडाकोटमा पनि आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै बालिकाले फागनु १६ गते इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अभिनेता शाहविरुद्ध उजुरी दिएकी थिइन् ।

गत १५ गते अभिनेता शाह प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..