काठमाडौँमा एकै परिवारका ५ जनाले गरे आत्महत्याको प्रयास

काठमाडौं । काठमाडौंमा एकै परिवारका पाँच जनाले आत्महत्याको प्रयास गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीका अनुसार नागर्जुन नगरपालिका–६, रामकोटमा हिजो साँझ एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेला परेका हुन् ।

जसमध्ये एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । श्रीमान–श्रीमती, छोरा, आमा र भतिजो बेहोस अवस्थामा फेला परेका हुन । घटनास्थलमा विषाक्त औषधिको बट्टा फेला परेकाले उनीहरुले आत्महत्याको प्रयास गरेको हुनसक्ने अनुसन्धानमा देखिएको छ।

बेहोस अवस्थामा रहेका अन्य चारजनाको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको छ । घटनास्थलबाट ‘सुसाइड’ नोटसमेत बरामद भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..