धरान । पत्रकारीतामा आउनेहरु र पत्रकारीता कृयाशिलहरु उत्पीडित समुदायको पहुँचमा नभएकोले उनिहरुका कुरा सञ्चार माध्यममा ओझेलमा रहेका छन् । यस्तो अवस्थामा उत्पीडितहरुलाई नै पत्रकारीतामा ल्याउन आयोजना गरिएको पत्रकारीता प्रशिक्षण शनिवार सकिएको छ ।
उत्पीडित जातिका संस्थागत सहभागीताका गराइएको प्रशिक्षणमा १५ जना महिला पुरुष सहभागी थिए । सहभागीहरुमा क्याम्पका विद्यार्थी सहित सामाजिक क्षेत्रमा संलग्न व्यक्तिहरु पनि थिए । उनिहरुलाई पत्रकारीताका आधारभूत शिक्षा देखी सामयीक विषयहरुलाई फिचरको रुपमा प्रस्तुत गर्ने तरिका बारे सिकाइएको छ ।
पछिल्लो समय मोबाइल सबैको हात हातमा रहेको बेला सामाजिक सञ्जाल, युट्युबहरु पनि पत्रकारीताको दायरामा रहेर उत्पीडितहरुका कुरामा नागरिक पत्रकारीता गर्न अभिप्रेरित गराइएका हो । अहिले चलिरहेको पत्रकारीतामा तल्लो वर्गका सवालले प्राथमिकता नपाएको बारेमा पनि उनिहरु संग छलफल गर्दै सामाजिक सञ्जाललाई सदुपयो गर्न सकिने ज्ञान प्रदान गरिएको छ ।
प्रशिक्षण ‘प्रबोध’ साप्ताहिक र चिसेफायु अनलाइनले आयोजना गरेको हो । ‘उत्पीडित जनसमुदायसम्मको पहँचमा हाम्रो सुदृढ पत्रकारिता’ भनिएको एक हप्ते तालिम गएको फागुन १३ गते देखी चौबिसे समाजको भवनमा सञ्चालन भएको थियो । सहभागीहरुलाई प्रयोगात्मक अभ्यास स्थलगत भ्रमण, सार्वजनिक कार्यकम्रमा सहभागीता गारई समुदाय संग अन्तरकृया पनि गराइएको प्रबोध पत्रिकाका गमबहादुर लम्जेलले बताएका छन् ।
पत्रकारीताका सैद्धान्तिक पक्षमा पत्रकारहरु हर्ष सुब्बा, उपप्राध्यापक राजेश बिद्रोही, ब्लाष्ट दैनिकका सम्पादक भोजराज श्रेष्ठले सहजीकरण गरेका थिए । समापनका अवसरमा नेपाल पत्रकार महासंघका सभापति जनकऋषि राई, नेवाः देय दबुका अध्यक्ष मनोहर शाक्य, वडा ९ का वडाध्यक्ष रत्नबहादुर कटुवाल लगायतले तालिम उपयमोगी हुने विश्वास व्यक्त गरे ।
तालिममा सहभागीहरु मध्ये प्रशिक्षार्थीको लिखित परिक्षामा होमबहादुर सुनुवार र बन्दना रानामगर उत्कृष्ट भएकोमा पुरस्कृत गरिएको थियो । प्रवोधकी सम्पादक जमुना श्रेष्ठको सभापतित्वमा भएको समापन चिसेफायुका निमा पोङस्युवाले सञ्चालन गरेका थिए ।


