काठमाडौँको ताहचलबाट १ करोड ५० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं ।नेपाल प्रहरीले १ करोड ५० लाख नगदसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न काठमाडौँ महानगरपालिका–१९ टङ्केश्वरीका २४ वर्षीय बिक्की खड्की र भारत पश्चिम बङ्गालका ३२ वर्षीय अमितकुमार अग्रवाललाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ताहचलमा डेरा गरी बस्ने अग्रवालले काठमाडौँको मख्खनमा बिमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गरगहनाको होलसेल कारोबार गरी बस्ने अग्रवाललगायत व्यक्तिले राजस्व छली गैरकानुनी रूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ खड्गीले कालीमाटीस्थित जीवनदृष्टि बहुउद्देश्यीय सहकारी संस्थाबाट रु ५० लाख ल्याएर अग्रवाललाई दिएपछि अग्रवालको कोठा तलासी गर्दा रु एक करोड ५० लाख फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ अग्रवाल र खड्गीसँग विभिन्न बैंकका चेक, भौचर प्याड, कारोबारसम्बन्धी विभिन्न कागजात, दुई थान ल्यापटप र दुई थान मोबाइल बरामद गरेको छ । पक्राउ दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..