दुर्घटनापछि उत्पन्न तनावका बीच स्थानीयद्वारा प्रहरी चौकीमा तोडफोड


कपिलवस्तु ।गयराती कपिलवस्तुको ओदारीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको विषयमा उत्पन्न तनावपछि प्रहरी चौकीमा स्थानीयले तोडफोड र आक्रमण गरेका छन् । भारतीय ट्रकले मोटर अटो रेक्सा चालकलाई ठक्कर दिएपछि लडेका ब्यक्तिलाई करिव ७०/८० मिटर जति घिसारेर मारेको भन्दै स्थानीय आक्रोसित भएका हुन् ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नं ११ को ओदारी सवारी दुर्घटनामा वडा न ११ का अनिल मगरको मृत्यू भएको हो ।अटो रेक्सा चालक रहेका उनी भारतीय गाडीसगं ठक्कर खादा घटना स्थलमै मत्यु भएको हो ।चालक र गाडी अहिले प्रहरी नियन्त्रणमा रहेका छन । ठक्करपछि करिव ८० मिटर घिसारे पछि उनको मृत्यु भएको स्थानियले बताएका छन ।

ट्रकका चालकलाई प्रहरीले संरक्षण दिएको भन्दै प्रहरी माथि आक्रोस पोखिएको हो । प्रहरीले गयराती नै वल प्रयोग गरेर शव उठाएपछि तनाव वढ्दै गएको हो । आज विहानै वाट प्रहरी चौकी घेराउ गरेर स्थानीय वसेका छन् ।

कुनैपनि बेला थप तनाव हुने देखेपछि प्रशासनले शशस्त्र समेत परिचालित गरेको छ । राती दर्जनौ राउण्ड अश्रुग्यास प्रहार गरेर भिड नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..