चौधरीद्वारा विपन्नवर्गका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

लहान । समाजसेवी तथा नेपाली काङ्ग्रेसका क्षेत्र नम्बर – १ का क्षेत्र सभापति महेश प्रसाद चौधरीले स्वर्गीय पत्नी संगिता कर्माचार्यको सम्झनामा ६५ जना विपन्न परिवारका बालवालिकालाई फाल्गुन २२ गते आईतवारका दिन शैक्षिक सामग्री सहयोग गरेको छ ।


लहान नगरपालिका-१४ बस्तिपुर स्थित नेपाली कांग्रेसका बुद्धिजीवी , चिन्तक , समाजसेवी तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको आश्रममा उक्त सामग्री बालवलिकालाई सहयोग गरेको हो ।


संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा प्रत्येक बालवालिकालाई ६ पिसका दरले कपि, पेन्सिल,इरेज़र र कटर बितरण गरेको चौधरीले बताए ।


‘श्रीमति यो संसार छोडेको १० महिना भयो ।, कोरोनाको कारणले राहत बाड्दा बाड्दै उनको मृत्यु भएको थियो।, श्रीमतिको सामाजसेवा प्रतीको मोहलाई जिवित राख्न मैले उनको सम्झनामा प्रत्येक महिनाको २२ गते विपन्न परिवारलाई केही न केही सहयोग गरिरहने प्रतिबद्धता स्वरुप बाँडेको चौधरीले सुनाए।,

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..