काठमाडाैं । महानगरीय प्रहरी अपराध महाशाखाले हामी प्रहरी हौं भन्दै लुटपाट गर्ने समूहका ८ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धुनेबेसी-३ धादिङका शंकर रेग्मी, गुठीचौर गाउँपालिका-५ जुम्लाका देविप्रसाद धिताल,महाकाली-२ डडेल्धुराका हिक्मत महरा र शुक्लाफाँटा-४ कञ्चनपुरका सुवाष रतोकी रहेका छन् ।
त्यस्तै याङ्गक-८ पाँचथरका भविन्द्र बेगा, शुक्लाफाँटा-२ कञ्चनपुरका मिलन बोहरा, गौमुखी-६ प्युठानका कमल सुनार र नौमुले-५ सल्लेरी, दैलेखका योगेन्द्रबहादुर चन्द्र पनि पक्राउ परेका छन् ।
महाशाखाका अनुसार गत फागुन १२ गते साँझ नँयाबजारस्थित समृध फार्मेसीका संचालक राजेन्द्र साँकीलाई हामी प्रहरी हौं, तपाईँको पसलमा अबैध औषधी बिक्री बितरण गर्ने गरेको रहेछ भन्ने सुचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनि पसल संचालकलाई नियन्त्रणमा लिई पसलको काउन्टरबाट नगद लुटपाट गरेका थिए ।
साथबाट ११ थान मोबाइल, ५ थान एटीएम, दुईथान चेक र एकथान घडी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


