केपीको दाबी : माओवादी केन्द्र अब केही दिनमा सकिन्छ, मैले यो कुरा २०५६ सालमै भनेको थिएँ

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा समाप्त हुने दाबी गरेका छन् । उनले आफूले २०५६ सालमै माओवादी समाप्त हुन्छ भनेको स्मरण गराउँदै अब त्यो दिन आएको दाबी गरेका हुन् ।

आज (शनिबार) गृहजिल्ला झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी केन्द्र सकिन्छ भनेर, अब त्यो दिन आयो । अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..