बारा । बाराबाट तीन लाख रुपैयाँ नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ दिगम्बरपुर बस्ने १९ वर्षीय वीरेन्द्रकुमार महतो रहेका छन्।
सशस्त्र प्रहरीले उनलाई बिहीबार दिउँसो लु ७८ प २३९७ नम्बरको मोटरसाइकलमा बाराको सिम्रौनगढ नगरपालिका ६ अम्मरपुरबाट नहर तर्फ जाने क्रममा नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
महतोको साथबाट नेपाली एक हजार दरको ३०१ वटा नक्कली नोट र सक्कली १५ सय २५ रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआइजीगणेश ठाडा मगरले जानकारी दिए।
उनलाई कारबाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


