वडा सचिवविरूद्ध भ्रष्टाचार मुद्दा

बारा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको कोल्हवी नगरपालिकाका एक वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेकाे छ ।


आयोगले कोल्हवी-११ वडा कार्यालयमा कार्यरत वडा सचिव विनोदप्रसाद साहविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा बुधबा मुद्दा दायर गरेको हाे ।


जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग वडासचिव साहले घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएको थियो।सूचनाको आधारमा हेटौंडाबाट खटिएको टोलीले विनोदप्रसादलाई तीन हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा गत माघ २० गते पक्राउ गरेको थियाे ।

उनीमाथि तीन हजार पाँच सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क) बमोजिम सजायको मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..