काठमाडौ । प्रहरीको सेटिङ भए पछि अपराध गर्न के काे डर । अपराध गराउन , अपराधी भगाउन , लुकाउन , छुटाउन आखिर प्रहरीको सहयोग बिना सम्भव पनि छैन । हुदाहुदै प्रहरीको घुमुवा राखेर मात्रै हाेइन सिसीटिभी क्यामरा जडान गरेर जुवा खेलाउने ठाउँ बिरलै छन् उपत्यकामा । त्यस्तै बिरलै ठाउँ मध्ये एक हो ललितपुर च्यासल स्थित जुवा अखडा ।
जहाँ प्रहरीको बहालवाला सई खालमा स्वयं उपस्थिति भएर जुवाकाे संरक्षण मात्रै गर्दैनन् कि जुवा हारेर रकम नदिनेलाई तर्साउने , थर्काउने र धम्काउने काम पनि गर्दा रहेछन् । च्यासल स्थित ललितपुरका एक नेताको घरमा दिनहुँ ठूलो जुवा हुने गर्दछ जहाँ तास खेल्दा हजार रूपैयाँ प्वाइन्ट म्यारिज र नभए काैडा छदैछ ।
ललितपुरका चर्चित जुवा खेलाउने र खेल्ने व्यक्तिको उपनामले चिनिने शिव राई द्वारा संचालित साे जुवा अखडामा सिसीटिभी जडान गरिएको छ जसको कारण सेटिङ मिलाएको बाहेक अपराध महाशाखा वा मेट्राेकाे टाेलीले छापा मार्न र पकडधकड गर्न नसकाेस । शिव राई तिनै व्यक्ति हुन जाे पहिले नेपाली सेनाका अवकाश प्राप्त उपरथी हाेम कुमार लावती कहाँ खेल्ने र खेलाउने काममा सक्रिय थिए।
धेरै संचार माध्यमहरूमा लावतीकाे जुवा अखडाकाे बारेमा भिडियो सहितका समाचारहरू प्रकाशित र प्रसारण भए पछि उनले जुवा अखडा बन्द गर्न बाध्य भएका थिए। शिव राईकाे यो जुवा अखडामा कलेजका माष्टर , प्राेफेशर देखि काभ्रेका शरण आचार्य हुदै मेनपावर देखि जग्गा व्यवसायी हरूकाे सहभागिता रहदै आएको छ। दैनिक न्युनतम ५० लाख देखि एक करोड सम्मको जुवाकाे लेनदेनकाे काराेवार यहाँ हुदै आएको छ।
यस संवाददाताले एक जना जुवाडेसंग अखडामा प्रवेश गर्ने माैका पाएकाे अवस्थामा जुवाका मालिक शिव राईलाई साेधेकाे थियो , तपाईंलाई प्रहरीको डर छैन , पक्राउ परिन्छ भन्ने ? उनलेे सहजै भनिदिए , भाइ , हामीले प्रहरी सबै मिलाएका छाै , उ जावलाखेलकाे सईसाप यहीँ हुनुहुन्छ सधैं , त्यसैले डर छैन ।
उनको भनाइमा ती सई जुवा चलिन्जेल सधै त्यही अखडामा बस्ने रहेछन् ।राईकाे भनाइमा ती सई जावलाखेल परिसरको घुमुवा हुन। तास खेल्दा हाेस वा काैडा हान्दा खालमा बसेर मदिरा खान नपाउने राम्रो चलन त्याहां रहेछ । रक्सी पिउनकाे लागि छुट्टै काेठाकाे व्यवस्था गरिएको रहेछ र मदिरा स्कच नै दिइदाेरहेछ ।
त्यसपछि यो सम्वादाताले ललितपुर प्रहरी परिसरमा उक्त घुमुवा सईकाे बारेमा जानकारी लिन प्रयत्न गर्दा एसएसपी यज्ञबिनाेद पाेखरेल उपचारको सिलसिलामा भारत जानुभएको , उहाँले सिभिलमा महिला सई राखेको जानकारी दिइयो । सई दर्जाको हो वा हाेइन तर प्रहरी हो भन्ने कुरा भने जुवाडेहरूबाट पुष्टि भएको छ।
जुवा मालिक शिव राईले जुवाडेहरूलाई भने ललितपुरका पहिलेका एसपी टेक प्रसाद राई आफ्नो नातेदार भएको र उनै मार्फत हालका एसएसपी यज्ञबिनाेद पाेखरेलसंग चिनजान भएर जुवा चलाएकोले प्रहरीको कुनै डर नमान्न भनिदाे रहेछ ।
जुवाडेहरू पनि प्रहरीको सेटिङ भएको र पक्राउ नपरिने भए पछि ढुक्कसँग जुवा खेल्दा रहेछन् । तर एसएसपी पाेखरेल त्यस्तो घृणित काममा नलाग्ने प्रहरी अधिकृत हुन भन्ने कुरा प्रहरी संगठन र बाहिर छाप रहेको छ।


