कांग्रेसको सभापतिमा पटेल र क्षेत्रीबीच प्रतिस्पर्धा हुने


वीरगञ्ज । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिका लागि श्याम पटेल र जनार्दन सिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुने भएको छ ।कांग्रेस जिल्ला सभापतिका लागि निवर्तमान जिल्ला सचिव पटेल र नेता जनार्दनसिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुने भएको हो ।जिल्ला सभापतिका लागि पटेल र क्षेत्रीको उम्मेदवारी परेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए ।

पटेल नेपाली कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार हुन् ।कांग्रेसका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन उनलाई छ । क्षेत्री संस्थापन पक्षका उम्मेदवार हुन् । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियाको समर्थन छ ।

७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षेत्री र पटेल दुवै पक्षले प्यानल बनाएर मङगलबार उम्मेदवारी दर्ता गराएका छन् ।
पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादव, सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन् ।


भने क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम, सहसचिवमा नविन सिंह र मदनप्रसाद यादवको उम्मेदवारी परेको छ ।
फागुन १९ गते हुने चुनावमा १ हजार ८ सय मतदाता सहभागी हुनेछन् । यसअघि गत शनिबार भएको कांग्रेसको वीरगञ्ज महानगरको अधिवेशनबाट नगरसभापतिमा संस्थापन इतर पक्षका मणिन्द्रलाल नेपाली निर्वाचित भएका थिए ।नेपाली कांग्रेस बाराको नयाँ नेतृत्व चयनका लागि फागुन २१ गते चुनाव हुने भएको छ ।

त्यसका लागि फागुन १९ गते उम्मेदवारीको मिति तोकिएको छ । २ हजार ४ सय ८६ जना प्रतिनीधिले चुनावमा भाग लिनेछन् ।बारामा सभापतिका लागि कलैया उपमहानगरपालिका नगरप्रमुख राजेशराय यादव, नेता शम्भु बुढाथोकी र रामानन्द यादवले उम्मेदवारी दिने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..