नक्कली कागज बनाएर श्रमिकलाई विदेश पठाउने ५३ म्यानपावरका सञ्चालकलाई कैद र जरिवाना

काठमाडौं। वैदेशिक रोजगार न्यायाधिकरणले ५३ वटा म्यानपावर सञ्चालकलाई कारबाहीको फैसला गरेको छ। नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै उनीहरुलाई ६ महिना महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७ (१) को कसुर गरेको ठहर गरी न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा गोपीचन्द्र भट्टराईको इजलासले फैसला सुनाएको हो।


मलेसिया, कतार, साउदी अरब लगायत देश जाने श्रमिकका लागि नक्कली कागजात बनाई ठगी गरेको आरोप उनीहरुमाथि लागेको थियो।


वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्ने गर्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..