सुरक्षाकर्मीको पोसाक नेपालमै उत्पादन


वीरगञ्ज । विगतमा छिमेकी मुलुक चीन तथा भारतबाट आयात हुने गरेको कपडाहरु पछिल्लो समय नेपालमा नै उत्पादन हुन थालेको छ । नेपालमा साना र ठूला उद्योग गरी करिब २ सयको हाराहारीमा कपडा उधोगहरु सञ्चालनमा रहेका छन् ।अर्बौंको लगानी रहेको कपडा उद्योगहरुबाट वार्षिक २ करोड मिटर कपडाको उत्पादन हुने गरेको छ, भने नेपाललाई वार्षिक १ सय ५० करोड मिटर कपडाको आवश्यक्ता पर्दछ ।

नेपाल सरकारको तथ्याङ्क अनुसार वार्षिक २० देखि २२ करोड मिटर कपडा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने गरेको छ ।पछिल्लो समय नेपालमा उत्पादन भएका कपडाहरु गुणस्तरीय हुने भएकोले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आपना सुरक्षाकर्मीको पोसाकको लागि स्वदेशी कपडाकै प्रयोग सुरु गरेका छन् ।

नेपालको तीन वटै सुरक्षा निकायले विभागीय पोसाकको लागि नेपाली कपडा नै प्रयोग गर्ने निर्णय पश्चात नेपाली उद्योगले सुरक्षाकर्मीलाई आवश्यक पर्ने कपडाको उत्पादन सुरु गरेको छ ।बाराको जितपुर सिमरा उप–महानगरपालिका–९ स्थित छाता पिपरामा अवस्थित कोहिनुर टेक्सटाइल्सले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको पोसाक उत्पादन गर्दै आएको छ । करिब ६ महिनाअघि भारतबाट ५ करोडको लागतमा खरिद गरिएको अत्याधुनिक प्रिन्ट मेसिनबाट सुरक्षाकर्मीहरुको लागि पोसाक उत्पादन भइरहेको कोहिनुर टेक्सटाइल्सका सञ्चालक पिताम्बर मुन्काले बताए ।

उक्त टेक्सटाइल्सबाट नेपाली सेनाका लागि ६ लाख मिटर, सशस्त्र प्रहरीका लागि ६० हजार र नेपाल प्रहरीका लागि ५ लाख मिटरको कपडा उत्पादन गरेर चालू आर्थिक वर्ष भित्रमा सुरक्षाकर्मीलाई दिने तयारीमा रहेको छ । उद्योगी मुन्काका अनुसार सुरक्षाकर्मीको लागि आयात हुने गरेको पोसाक बापत् करिव ५० करोड रुपैया बाहिरिने गरेकोमा अब स्वदेशमै उत्पादन भइरहेकोेले सो रकम स्वदेशमै रहने बताए ।पोसाक उत्पादन गर्दा चाहिने कच्चा पदार्थ धागो र डाई (रंग) भारतको सुरत, मुम्बई, गुजरात, महाराष्ट्रबाट आयात हुने गरेको छ ।

हालको लागि दिनको १२ घण्टामा १५ हजार मिटर कपडा उत्पादन हुने गरेको भएपनि २४ घण्टाको अवधिमा ३० हजार मिटर कपडा उत्पादन गर्नसक्ने र प्रत्येक वर्ष ८० लाख मिटरसम्मको कपडा उत्पादन गर्नसक्ने क्षमता उद्योगको रहेको सञ्चालक मुन्काले बताए ।जबकि उक्त उद्योगमा ३ सयको हाराहारीमा कामदारहरु रहेका छन् । नेपालमा कपडा उद्योगको अवस्था चिन्ताजनक रहेको छ । कपडा उत्पादनकै कारण मुलुकको विकास भएको ज्वलन्त उदाहरण बंगलादेश रहेको छ । तर, नेपाल सरकारले अन्य उद्योगहरुलाई प्राथमिकतामा राखेपनि कपडा उद्योगलाई नराखेको उद्योगीहरुको गुनासो छ ।


मुलुकको विभिन्न नाकाहरुबाट ८० प्रतिशत भन्दा बढी कपडा तस्करी कै हुने गरेकोले आफूहरु मर्कामा परेको उद्योगीहरु बताउछन् । स्वदेशी उत्पादन गुणस्तीय भएपनि छिमेकी मुलुक चीन र भारतबाट कपडा आयात हुने क्रम नरोकिएकोले स्वदेशी उद्योगहरु ओझेलमा परेका छन् । सरकारले विद्युत र व्याजमा छुट दिने भनेपनि यसको कार्यान्वयन हुन नसकेको कारण कपडा उद्योगहरु बन्द हुने अवस्थामा पुगेको गुनासो उद्योगीहरुको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..