एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकारेको छ, जनतामा भ्रम हटाउनुपर्छ : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसिसीमा राखिएको १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ अमेरिकाले स्वीकारेको दाबी गरेको छ । आइतबार संसदबाट उक्त घोषणासहित एमसीसी पास गरिएको थियो । कांग्रेसले पछि संसदबाट पास गरिएको व्याख्यात्मक घोषणाप्रति नेपाल र अमेरिकाको समान धारणा रहेको बताएको हो ।

आज (सोमबार) सानेपामा आयोजित एक पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता प्रकाशशरण महतले १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वागत गरिसकेको बताएका हुन् । उनले भने, ‘अब एमसिसीमा कुनै समस्या छैन । उक्त आयोजनामा अवरोध गर्नु विकास विरोधी काम हुनेछ, त्यस्तो कसैले गर्न हुँदैन ।’

अझै पनि जनस्तरमा एमसिसीबारे भ्रमहरु बाँकी रहेको भन्दै उनले त्यस्तो भ्रम आफू र अन्य पार्टीले हटाउनुपर्नेमा जोड दिए । एमसिसी पारित गर्दा सघाएकोमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत सबैलाई उनले पार्टीको तर्फबाट धन्यवाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..