एमसीसी पारित नगरौँ, सिक्किम भारतमा बिलय हुँदा यस्तै भएको थियो : चौधरी

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणी चौधरीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन कुनै पनि अवस्थामा पारित गर्न नहुने बताएका छन् ।


आइतबार संसद् बैठकमा एमसीसी छलफलका क्रममा सिक्किम भारतमा बिलय हुनुअघि पनि यसरी नै सम्झौता भएको भन्दै नेता चौधरीले एमसीसी पारित गर्न नहुने बताए ।
‘एमसीसी पास गर्न नलागौँ । यस्ले घातक परिणाम ल्याउँछ । महाकाली सन्धि गर्दा पनि ठूला आश्वासन दिएका थियौँ तर, त्यहीँ आधारमा अहिले महाकाली आधा आधा भयो । जस्को परिणाम लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतीय सुरक्षा फौज हक जमाएर बसेको छ । यो मेरो जमिन हो भनेर दाबी गरिरहको छ ।’


विश्व समाजमा रुपान्तरण भएको अवस्थामा कुनै पनि राष्ट्रसँग अलग भएर बस्न नसकिने भए पनि कुनै पनि राष्ट्रको स्वार्थका लागि आफ्नो भूभाग वैधानिक रुपमा दिन नसकिने उनले बताए ।


उनले भने, ‘ग्लोबलाइजेशको युगमा कुनै पनि राष्ट्रसँग अलग हुन सक्दैनौँ । तर, कुनै राष्ट्रको स्वार्थका लागि आफ्नो भूमि प्रयोग गर्नका लागि वैधानिकता दिन सक्दैनौँ । यसरी नै भारतमा सिक्किम बिलय गराउँदा प्रमुख राजनीतिक दल र दलका नेता प्रयोग गरेर वैधानिक बाटा खुलाएको स्मरण गराउन चाहन्छु ।

प्रवेश गराउने कुरा र प्रवेशपछि कुनै न कुनै तरिकाले अमेरिकन सैन्य रणनीतिहरु जोडिने कुराबाट अलग हुन सक्दैनौँ । एमसीसी पास भएपछि के कुनै पनि देशको असंलग्न राष्ट्रका जनता हुन सक्छौँ ? के पञ्चशील आधारमा सबैसँग समान व्यवहार हुन सक्छौँ ? हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..